ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

खडेरीले प्रभावित मधेशमा भयो वर्षा, किसान हर्षित

सर्लाही । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।

यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो । सोमबार दिउँसोपख मेघगर्जनसहित सर्लाही र आसपासका जिल्लामा केहीबेर भारी वर्षा भएको हो । विशेषगरी आकाशे वर्षाको भर रहेको जिल्लाको चुरेवर्ती क्षेत्र र पूर्व भेगका किसानलाई सोमबार परेको पानीले ठुलो राहत मिलेको छ ।

विद्युतीय मोटरबाट जसोतसो धान रोपाइँ गरेकोमा सोमबार परेको पानीले पटपट फुटेर सुक्न थालेको रोपा जोगाउन मद्दत पुगेको हरिपूर्वा नगरपालिका –२, का किसान बिलास रायले जानकारी दिनुभयो ।

सर्लाहीमा हरिपूर्वासहित ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासी क्षेत्रमा एक झर राम्रोसँग वर्षा भएको हो । यी क्षेत्रमा सबैभन्दा बढी आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले सोमबार दिउँसो पानीले बाँकी रहेको क्षेत्रमा धान रोपाइँ गर्न र रोपेको धान फस्टाउन ठूलो मद्दत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बागमती सिँचाइ आयोजनाको नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग क्षेत्रदेखि उत्तरतर्फ आकाशे वर्षाको भर रहेको छ । चुरेभेगमा पानी परेपछि बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको शीरबाटै पानी बढेर आएकाले कुलोको पानी लगाएर खेती गर्ने किसानलाई राहत मिलेको छ ।

लालबन्दी नगरपालिका–१६, परवानीपुरका दिलबहादुर थापाले आकाशे वर्षा नहुँदा खोला नै सुक्न थालेको अवस्थामा सोमबार पानी परेपछि खोलामा पानी बढेको जानकारी दिनुभयो । पानी परेपछि सर्लाहीसहित मधेश प्रदेशमा तत्कालका लागि गर्मी समेत कम भएको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार ०९:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online