ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

खडेरीले प्रभावित मधेशमा भयो वर्षा, किसान हर्षित

सर्लाही । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।

यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो । सोमबार दिउँसोपख मेघगर्जनसहित सर्लाही र आसपासका जिल्लामा केहीबेर भारी वर्षा भएको हो । विशेषगरी आकाशे वर्षाको भर रहेको जिल्लाको चुरेवर्ती क्षेत्र र पूर्व भेगका किसानलाई सोमबार परेको पानीले ठुलो राहत मिलेको छ ।

विद्युतीय मोटरबाट जसोतसो धान रोपाइँ गरेकोमा सोमबार परेको पानीले पटपट फुटेर सुक्न थालेको रोपा जोगाउन मद्दत पुगेको हरिपूर्वा नगरपालिका –२, का किसान बिलास रायले जानकारी दिनुभयो ।

सर्लाहीमा हरिपूर्वासहित ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासी क्षेत्रमा एक झर राम्रोसँग वर्षा भएको हो । यी क्षेत्रमा सबैभन्दा बढी आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले सोमबार दिउँसो पानीले बाँकी रहेको क्षेत्रमा धान रोपाइँ गर्न र रोपेको धान फस्टाउन ठूलो मद्दत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बागमती सिँचाइ आयोजनाको नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग क्षेत्रदेखि उत्तरतर्फ आकाशे वर्षाको भर रहेको छ । चुरेभेगमा पानी परेपछि बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको शीरबाटै पानी बढेर आएकाले कुलोको पानी लगाएर खेती गर्ने किसानलाई राहत मिलेको छ ।

लालबन्दी नगरपालिका–१६, परवानीपुरका दिलबहादुर थापाले आकाशे वर्षा नहुँदा खोला नै सुक्न थालेको अवस्थामा सोमबार पानी परेपछि खोलामा पानी बढेको जानकारी दिनुभयो । पानी परेपछि सर्लाहीसहित मधेश प्रदेशमा तत्कालका लागि गर्मी समेत कम भएको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार ०९:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online