ट्रेण्डिङ्ग:
|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए

हावाडाँडामा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित हावाडाँडामा सोमबार राति माथिबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको वडाअध्यक्ष बलबहादुर गुरूङले जानकारी दिनुभयो ।

रातको समय र अविरल वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले सोमबार राति सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले बताउनुभयो । मङ्गलबार विहानैदेखि डुम्रे, बेसीसहर–चामे सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन प्रयास गरिएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चे, जगत, हावाडाँडा क्षेत्रमा पटकपटक ठुलाठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । स्थानीय चन्द्र गुरूङका अनुसार पहिरोले विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

यस सडका विभिन्न ठाउँमा बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । वर्षायाममा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार २२:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online