ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

कागखोलामा बाहब बढेपछि उपल्लो मुस्ताङ जोड्ने सडक अवरुद्ध

मुक्तिनाथ (मुस्ताङ) । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा पानीको बाहब बढेपछिउपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि कागखोला उर्लिएपछि बेनी–जोमसोम–कोरोला सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङ हुँदै उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जाने सवारीसाधन रोकिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले बताउनुभयो ।

प्रनाउ लामाले भन्नुभयो, ‘‘जेसिबी ल्याएर बाटो मर्मतको काम भइरहेको छ, वर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाउन समेत यात्रुलाई अनुरोध गरेका छौ ।’’ उपल्लो मुस्ताङ जोड्ने वैकल्पिक सडकहरू समेत जोखिमपूर्ण र कालिगण्डकीको बाहब बढेकाले कागबेनी हुँदै जाने नियमित सडकखण्डमा बिहानैदेखि सवारीसाधन रोकिएको छ ।

बर्खातको समयमा छुसाङस्थित ताङ्वे खोला र मुस्ताङ गेटमा समेत बाढीपहिरोले पटकपटक सडक अवरुद्ध भएको छ । यो क्षेत्र उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । बर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रि«य राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना नै जारी गरेको छ । पछिल्ला बर्षमा मुस्ताङमा समेत नियमित बर्षा हुन थालेपछि उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले समेत बाढीपहिरोको सामाना गर्नुपरेको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार २२:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online