समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौँ । समाजवादी मोर्चाको बैठकमा मोर्चालाई प्रभावकारीरुपमा अगाडि बढाउने विषयमा छलफल भएको छ।

मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा बसेको बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व गृहमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागी हुनुभएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोचाई औचित्यपूर्ण र सक्रिय भएर अघि बढ्ने बताउनुभयो।

समाजवादी मोर्चाको औचित्य नै भएन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “अब देख्नुहुन्छ, अझ औचित्यपूर्ण भएर सक्रिय भएर अगाडि आउँछ।”

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि समाजवादी मोर्चा थप सक्रियरुपमा अघि बढ्ने भनाइ राख्नुभयो।

बैठकमा वामदेव गौतम, नेत्रविक्रम चन्द, खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरु सहभागी हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×