ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

एनआरएनए जापानको अध्यक्षमा व्यवसायी सुभास लामिछाने निर्बाचित

टोक्यो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा रेस्टुरेन्ट व्यवसायी सुभास लामिछाने निर्वाचित भएका छन्।

एनआरएनए जापानको गत साता सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गर्दै लामिछाने निर्बाचित भएका हुन्।

२०२३-०२५ को कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित भएका लामिछाने २०२५-०२७ को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष निर्वाचित भएसँगै संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। सन् २००७ मा जापान आएका लामिछाने रेस्टुरेन्ट व्यवसायी हुन्।

संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कामको सुरूआत गर्ने समेत उनको प्रतिबद्धता छ।

निःशुल्क जापानिज भाषा र जापानी संघसंस्थाबारे जानकारी गराउने, मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका योजना समेत उनले अघि सारेका छन्।

जापान आउने विद्यार्थीहरूका लागि अभिमुखीकरण तालिमका लागि समन्वय गर्ने तथा जापानमा रहेका विद्यार्थीका लागि पर्ने विभिन्न समस्याको समाधानमा पहल गर्ने उनको आश्वासन छ।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार १४:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online