ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा

काठमाडौँ । आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार छनोट खेल नेपालमा गर्ने निर्णय गरेको हो । आइसिसीले छनोटमा सहभागी टोली र समूह विभाजन पनि गरेको छ ।

ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म नेपालमा हुनेछ । छनोट खेलमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्सको शीर्ष चारमा रहने टोली विश्वकपमा छनोट हुनेछन् । आइसिसीले छनोटको खेल तालिका भने केही समयमा सार्वजनिक गर्ने जनाएको छ । टी–२० महिला विश्वकप आगामी वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुनेछ ।

नेपालले एसिया छनोटबाट ग्लोबल छनोटमा स्थान बनाएको हो । एसियाबाट नेपाल र थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् । अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएको छ ।

बाँकी पाँच टोलीमा अफ्रिका र युरोपबाट दुई दुई र पूर्वी एसिया/प्रशान्तीय क्षेत्रबाट एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । आइसिसी टी–२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको थियो ।

  himalayanvoice.com | १६ श्रावण २०८२, बिहीबार ११:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online