ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कावासोतीमा बस पल्टिँदा १५ जना घाइते

नवलपुर । नवलपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत डण्डाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोतीको खरकट्टा जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालकले नियन्त्रण गुमाई बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बसमा सवार ३० जना यात्रुमध्ये १५ जना घाइते भएको र घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तथा गम्भीर घाइतेलाई पुरानो मेडिकल कलेज चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

नयाँ फराकिलो बनेको सडकमा तीव्र गति तथा लेन नभएका कारण यहाँ दुर्घटना बढिरहेको देखिएको छ । दायाँबायाँ मोड्नका लागि स्पष्ट सडक संकेत नराखिएका कारण पनि दुर्घटना हुने गरेको छ ।

  himalayanvoice.com | १९ श्रावण २०८२, आईतवार ११:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online