ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

बेनीको बजार, जता माया उतै छ नजर..घुम्न जाने होइन म्याग्दी सोमबार (आज) बिहान बेनीको पर्यटकीय स्थल लभ्लीहिलबाट देखिएको बेनी बजारको दृश्य । कालिगण्डकी र म्याग्दी नदीको किनारमा अवस्थित बेनी प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा लिइन्छ ।

म्याग्दी । बेनीको बजार, जता माया उतै छ नजर..मन छन्त्यालको यो गित पक्कै सुन्नु भएको होला । बेनी म्याग्दीको सदरमुकाम हो । किरे मिरे जाली रुमाल म्याग्दी जस्तै छ । प्रेमिल छ र आकार पनि मायाको अन्तिम बिम्ब जस्तो । जाने होइनत म्याग्दी । रुप्से छहरा, सिङ्घा तातोपानी र धनुष युद्ध र थरि थरि मगरका संस्कृति हेर्न । 

सोमबार (आज) बिहान बेनीको पर्यटकीय स्थल लभ्लीहिलबाट देखिएको बेनी बजारको दृश्य । कालिगण्डकी र म्याग्दी नदीको किनारमा अवस्थित बेनी प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथको प्रवेशद्वारका रुपमा लिइन्छ ।

मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएमा कालिगण्डकी कोरिडोरमा पर्ने बेनीबजार ठूलो व्यवसायिक स्थलका रुपा परिणत हुने सम्भावना छ ।

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, सिङ्गा, पुलाचौर, रत्नेचौर र ज्यामरुककोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो । बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो । यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो । हिन्दू र बौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ ।

  himalayanvoice.com | २० श्रावण २०८२, सोमबार ००:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online