ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ विन्दुमा कायम भएको हो।

बुधबार ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो। आजको कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव ४७, विकास बैँक शून्य दशमलव ६१, वित्त शून्य दशमलव ४१, होटल तथा पर्यटन शून्य दशमलव शून्य पाँच र जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३६ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड ४५ लाख ५७ हजार ७५४ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फन्डको १८ लाख २७ हजार ६८० कित्ता शेयर किनबेच भएको छ।

  himalayanvoice.com | २२ श्रावण २०८२, बुधबार ११:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online