ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट

काठमाडौँ । अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्नका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ ।

ललितपुरको सातदोबाटोस्थित हाई पर्फमेन्स सेन्टरमा क्रिकेट खेलाडीको फिटनेस र फिजिकल टेस्ट गरिएको हा । टेस्टका लागि अस्ट्रेलिया भ्रमणका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीका खेलाडी सातदोबाटो पुगेका थिए ।

खेलाडीसँगै नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का र मुख्य प्रशिक्षक स्टुअर्ट ल पनि सातदोबाटो पुग्नुभएको थियो । नेपालले अस्ट्रेलियाको सिरिजलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

अस्ट्रेलिया सिरिजका लागि क्यानले गत सोमबार मात्र रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

यस सिरिजमा ११ टोलीको सहभागिता रहने छ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्ने छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी ।

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार १३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online