ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु. एक लाख ९९ हजार ४०० पुगेको छ ।

बिहीबार प्रतितोला रु. एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु. एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु. दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । रासस

 

  himalayanvoice.com | २४ श्रावण २०८२, शुक्रबार ११:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online