ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सलामी दस्तुर बिना आरोहणका लागि सन्तानब्बे नयाँ हिमाल “हिमाली पर्यटनको थुप्रै सम्भावना रहेको कर्णाली र सुदूरपश्चिममा साहसिक पर्यटन प्रवर्धन गर्न सरकारले त्यहाँका ९७ हिमाल आरोहणमा कुनै शुल्क नलिने भएको छ । आरोहणलाई थप व्यवस्थित बनाउँदै नयाँ हिमालमा आरोहणका लागि सरकारले गरेको प्रोत्साहनले नयाँ साहसिक पर्यटकीय गन्तव्यको ढोका खुल्नुका साथै अन्य पर्यटकीय गतिविधि र आम्दानीको स्रोतमा समेत बढावा पुग्ने छ ।”

काठमाडौँ । सरकारले आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका ९७ हिमाल आरोहणमा प्रोत्साहन गर्ने भएको छ ।

आगामी भदौदेखि सगरमाथासहित आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर बढाउने तयारी भइरहेका बेला कर्णाली र सुदूरपश्चिममा रहेका हिमाल आरोहणमा आकर्षण बढाउन आगामी दुई वर्ष सलामी दस्तुर नलिने निर्णय गरेर प्रोत्साहनमा लागेको हो ।

पर्यटन विभाग महानिर्देशक नारायण रेग्मीले भन्नुभयो, “हिमाली पर्यटनको थुप्रै सम्भावना रहेको कर्णाली र सुदूरपश्चिममा साहसिक पर्यटन प्रवर्धन गर्न सरकारले त्यहाँका ९७ हिमाल आरोहणमा कुनै शुल्क नलिने भएको छ । आरोहणलाई थप व्यवस्थित बनाउँदै नयाँ हिमालमा आरोहणका लागि सरकारले गरेको प्रोत्साहनले नयाँ साहसिक पर्यटकीय गन्तव्यको ढोका खुल्नुका साथै अन्य पर्यटकीय गतिविधि र आम्दानीको स्रोतमा समेत बढावा पुग्ने छ ।”

कर्णाली र सुदूरपश्चिममा ट्रेकिङ र पर्वतारोहणका लागि थुप्रै सम्भावनाका क्षेत्र रहेको बताउँदै उहाँले आरोहणका लागि शुल्क मिनाहा गरिएका हिमाल प्रवर्धनमा स्थानीय र प्रदेश सरकारले विभिन्न प्रवर्धनका कार्यक्रम अघि बढाउन लागेको जानकारी दिनुभयो ।

पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ को नियम ३२ ले गरेको व्यवस्था अनुसार सरकारले नयाँ हिमाल आरोहणमा प्रोत्साहन गरेको उहाँको भनाइ छ ।

सुदूरपश्चिमका अपि र सैपालसहित कर्णाली प्रदेशमा रहेका कान्जिरोवा हिमालसहितका हिमालमा अहिलेसम्म कुनै व्यावसायिक आरोहण नभएकाले उक्त हिमालतर्फ आकर्षण बढाउन राजस्व छुट दिइएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशमा सैपाल, कान्ति हिमाल, कान्जिरोवा नर्थ, पुथा वेस्ट र सुदूरपश्चिममा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानीलगायतका हिमाल आरोहणका लागि बढी चर्चित हिमाल मानिन्छन् ।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १०:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online