एनआरएनए अमेरिका निर्वाचन संकास्पद बन्दै, आयुक्त फुलारा विरुद्ध डाटा दुरुपयोगमा ल सुटको तयारी

लस-एन्जलस । गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनमा आयोगले सदस्यता प्रमाणीकरणको नाममा व्यक्तिगत बिवरण र फेस फेरिफिकेसन गरेको विषयलाई लिएर चरम असतुष्टि र आक्रोस पैदा भएको छ।

संघका कोषाध्यक्ष उम्मेदवार रबिन्द्र उप्रेती, संघका प्रभावकारी नेता सिपि पौडेल र संघको विभाजित समुहका अध्यक्ष विकास उप्रेती सम्मले प्रमुख निर्वाचन आयुक्त बासु फुलारालाई लक्षित गर्दै विज्ञप्ति जारी गरेर डाटा दुरुपयोगमा ल सुटको तयारी गरेपछि निर्वाचन आयोगको भूमिका संदिघ्द बनेको हो ।

विभाजित समुहका अध्यक्ष विकास उप्रेतीले एक विज्ञाप्ति जारी गर्दै प्रमुख निर्बाचन आयुक्त फुलारा अमेरिकी सरकारको अध्यागमन कानुन प्रवर्तन निकायको समन्वयमा बोर्डर प्रोटेक्सन कार्यक्रमको स्थलगत भ्रमण गरेका व्यक्ति भएकोले उनको हातमा डाटा पुग्नुले भोलि हुने नेपाली मुलका मानिसहरुको धर पकडमा उनको संलग्नता रह्यो भने कस्तो अवस्था आउला भनेर आयोगको भूमिका प्रति प्रश्न उठाएका छन् ।

संघका टेक्सास अभियन्ता सिपि पौडेलले पनि यस्तै आसंका ब्यक्त गरेका छन् ।

संघका कोषाध्यक्ष उम्मेदवार रबिन्द्र उप्रेतीले आयुक्त फुलारा विरुद्ध डाटा दुरुपयोगमा ल सुटको तयारी गर्दै चेतावनीको भाषामा भनेका छन्, ‘आयोग कार्य समितिले तयार परेको अन्तिम सदस्यको नामावलीमा आधारित भएर निर्वाचन कार्यक्रम सुचारु गर्नु पर्नेमा संघका सदस्यहरुको व्यक्तिगत विवरण संकलन गर्ने कार्य नियोजित छ ।’

यसै बीच मंगलबार आयोग र उम्मेदवारका बीच भएको जुम बैठकमा पनि संघका अध्यक्ष अर्जुन बन्जाडे र प्रमुख निर्वाचन आयुक्त बासु फुलाराको भूमिकालाई लिएर चर्को विवाद भएको थियो ।

यता अमेरिका भरिका संघका सदस्यहरु आफ्नो व्यक्तिगत विवरण दुरुपयोग हुने आसंकाले यतिबेला आयोग र संघको भूमिका प्रति आक्रोशित बनेका छन् ।

यसै बीच प्रमुख निर्वाचन आयुक्त बासु फुलारा र संघका अध्यक्ष अर्जुन बन्जाडेसंग उहाँहरुको धारणा जान्न टेलिफोन सम्पर्क गर्ने प्रयास गर्दा
उहाँहरु दुवैले सम्पर्क गर्न र प्रतिक्रिया दिन चाहनु भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×