ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

आइसद्वारा बाल यौन दुर्व्यवहारका आरोपीहरु पक्राउ "डीएचएसले गैरकानूनी आप्रवासीहरूलाई स्पष्ट सन्देश पठाइरहेको छ कि, यदि तपाईंले बालबालिकाको शिकार गर्नुभयो, यदि तपाईंले निर्दोषहरूलाई पीडित गर्नुभयो भने आइसले तपाईंलाई फेला पार्नेछ, तपाईंलाई पक्राउ गर्नेछ र अमेरिकाबाट देश निकाला गर्नेछ ।"

वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले बालबालिका विरुद्धको जघन्य अपराध र यौन अपराधमा दोषी ठहरिएका अवैध आप्रवासीहरूलाई बुधबार पक्राउ गरेको छ।

“आइसले बाल यौन दुराचार गर्ने, दुर्व्यवहार गर्ने र यौन शिकारीहरूलाई पक्राउ गरिरहेको छ। आइसका ७० प्रतिशत गिरफ्तारहरू गैरकानूनी आप्रवासीहरू हुन् जसमाथि संयुक्त राज्य अमेरिकामा आपराधिक अभियोग लागेको छ वा फौजदारी अभियोगहरू विचाराधीन छन्,” सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले भनिन्। ”

म्याकलाफ्लिनले अगाडी भनिन्, “डीएचएसले गैरकानूनी आप्रवासीहरूलाई स्पष्ट सन्देश पठाइरहेको छ कि, यदि तपाईंले बालबालिकाको शिकार गर्नुभयो, यदि तपाईंले निर्दोषहरूलाई पीडित गर्नुभयो भने आइसले तपाईंलाई फेला पार्नेछ, तपाईंलाई पक्राउ गर्नेछ र अमेरिकाबाट देश निकाला गर्नेछ ।”


आइसका अनुसार पक्राउ पर्नेहरुमा भिन्न भिन्न अपराधमा दोषी पाइएका मेक्सिकोका जुआन ओर्टिज-मोरा, इक्वेडरका रोनाल्ड इचेभेरिया-टम्बा, होन्डुरसकालेडी लिनारेस-रापालो, मेक्सिकोका जेरेमी जुलियन मोरालेस-जुआरेज र मेक्सिकोका जुआन एस्पिनो-एस्केमिला रहेका छन् ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार २०:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online