ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

आइसद्वारा बाल यौन दुर्व्यवहारका आरोपीहरु पक्राउ "डीएचएसले गैरकानूनी आप्रवासीहरूलाई स्पष्ट सन्देश पठाइरहेको छ कि, यदि तपाईंले बालबालिकाको शिकार गर्नुभयो, यदि तपाईंले निर्दोषहरूलाई पीडित गर्नुभयो भने आइसले तपाईंलाई फेला पार्नेछ, तपाईंलाई पक्राउ गर्नेछ र अमेरिकाबाट देश निकाला गर्नेछ ।"

वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले बालबालिका विरुद्धको जघन्य अपराध र यौन अपराधमा दोषी ठहरिएका अवैध आप्रवासीहरूलाई बुधबार पक्राउ गरेको छ।

“आइसले बाल यौन दुराचार गर्ने, दुर्व्यवहार गर्ने र यौन शिकारीहरूलाई पक्राउ गरिरहेको छ। आइसका ७० प्रतिशत गिरफ्तारहरू गैरकानूनी आप्रवासीहरू हुन् जसमाथि संयुक्त राज्य अमेरिकामा आपराधिक अभियोग लागेको छ वा फौजदारी अभियोगहरू विचाराधीन छन्,” सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले भनिन्। ”

म्याकलाफ्लिनले अगाडी भनिन्, “डीएचएसले गैरकानूनी आप्रवासीहरूलाई स्पष्ट सन्देश पठाइरहेको छ कि, यदि तपाईंले बालबालिकाको शिकार गर्नुभयो, यदि तपाईंले निर्दोषहरूलाई पीडित गर्नुभयो भने आइसले तपाईंलाई फेला पार्नेछ, तपाईंलाई पक्राउ गर्नेछ र अमेरिकाबाट देश निकाला गर्नेछ ।”


आइसका अनुसार पक्राउ पर्नेहरुमा भिन्न भिन्न अपराधमा दोषी पाइएका मेक्सिकोका जुआन ओर्टिज-मोरा, इक्वेडरका रोनाल्ड इचेभेरिया-टम्बा, होन्डुरसकालेडी लिनारेस-रापालो, मेक्सिकोका जेरेमी जुलियन मोरालेस-जुआरेज र मेक्सिकोका जुआन एस्पिनो-एस्केमिला रहेका छन् ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार २०:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online