डायस्पोराका नेपालीहरुले प्राप्त गरेको संविधान प्रदत्त अधिकार दिन सरकारलाई कुलमानको आग्रह

राममाया बिष्ट, लण्डन । नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले अवको विश्व उर्जामा निर्भर भएकाले नेपालको जल विद्युतको संभाव्यता र उपयोगको लागि सरकारले लगानी मैत्री वातावरण बनाएर डायस्पोराको लगानी भित्र्याउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

गैरआवासीय नेपाली संघ, (एनआरएनए) बेलायत र संघको इंल्याण्ड राज्य परिषदले आयोजना गरेको नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङसँग ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा उनले उज्यालो नेपाल अभियान अन्तर्गत आफु नेपाली डायस्पोरासंग अन्तरक्रिया गर्ने क्रममा बेलायत आएको बताए ।

घिसिङले उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको बताउदै घिसिङले नेपालमा वैदेशिक लगानी भित्र्याउने कोशिशमा विदेशमा रहेका नेपालीसँग जोडिएको जानकारी दिए । उनले डायस्पोराका नेपालीहरुले नेपालमा लगानी गर्ने कोशिश गर्दा पाएको सास्ती र हण्डरलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

बेलायतको नेपाली समुदायलाई घिसिङले भने, “उज्यालो नेपाल एक सामाजिक अभियान हो । म नेपालमा बसेर नेपालकै लागि केही गर्न लागि परेको छु । यो अभियानलाई तपाईहरु सबैको सहयोग आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×