ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

ताप्लेजुङ गोल्डकपको उपाधि सिराहाको सलहेश युवा क्लबलाई

ताप्लेजुङ । ताप्लेजुङमा भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप उपाधि सिराहाको सलहेश युवा क्लबले जितेको छ ।

ताप्लेजुङको भानु जनमाविको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा चर्च व्वाईजलाई २—० गोल अन्तरले हराउँदै सलहेश युवा क्लबले प्रतियोगिताको उपाधि जितेको हो । खेल सुरु भएको मध्यान्तरसम्म दुवै टिमले कुनै गोल गर्न सकेनन् ।

आजको खेलको ‘म्यान अफ दि म्याच’ सिराहाको सुनिल खड्का हुनुभयो । उहाँले ७ हजार रुपैंया प्राप्त गर्नुभयो । उपाधि जितसँगै चर्च व्वाईजले नगद ७ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गरेको छ । भने उपविजेता बनेको सिराहाको सलहेश युवा क्लबले ३ लाख ५० हजार ८२ रुपियाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सलहेश युवा क्लबका रेवन चौधरी, उत्कृष्ट फिल्डर चर्च व्वाईजका आविष्कार खड्का, उत्कृष्ट मिडफिल्डर चर्च व्वाईजका युवराज ढकाल, उत्कृष्ट रक्षक चर्च व्वाईजका आकाश राई, उत्कृष्ट प्रशिक्षक सलहेश युवा क्लबका राजीव कुमार यादव, सर्वाधिक गोलकर्ता युसुफ मल्लिक र उदयमान खेलाडी तेल्लोक स्पोर्टिङ क्लबका सुहाङ लिम्बु हुनुभयो । उहाँहरूलाई जनही नगद १५ हजार रुपैयाँ सहित सहित ट्रफी, मेडल प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट खेलाडीको उपाधि सलहेश युवा क्लबका छिरिङ गुरुङले प्राप्त गर्नुभयो । उहाँले यमाहको बाइक पाउनुभयो ।

भारतका एकसहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको थियो । समापन कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, कोशी प्रदेश उद्योग,कृषि तथा सहकारी मन्त्री खगनेसिंह हाङगाम, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ताप्लेजुङमा २०२२ साल देखि यो प्रतियोगिता हुँदै आएको छ । जिल्लाको ६० वर्षे लामो फुटबल इतिहासमा कहिले लाखे जात्रा हिले फुटबल प्रतियोगिता, कहिले पाथीभर गोल्डकप त कहिले ताप्लेजुङ गोल्डकप रूपमा सञ्चालन हुँदै आएको आयोजकहरूले बताउने गरेका छन् । आज सम्पन्न फाइनल खेलमा १० हजार बढी दर्शकले फुटबलको अवलोकन गरेको लाखे जात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।

  himalayanvoice.com | ३२ श्रावण २०८२, शनिबार २३:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online