ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो ।

आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रु सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव शून्य तीन, विकास बैङ्क शून्य दशमलव ५१, वित्त शून्य दशमलव ९३, होटेल तथा पर्यटन शून्य दशमलव २१, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव ८३ र जीवन बिमा शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक, लघुवित्त एक दशमलव ३१, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ६४ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले घटेको छ ।

आरबिबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा बढी सात दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव शून्य छ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ५१ करोड ६७ लाख दुई हजार २०१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फन्ड–१ को १३ लाख ५८ हजार छ कित्ता किनबेच भएको छ ।

  himalayanvoice.com | १ भाद्र २०८२, आईतवार ०८:५६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online