ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

भारतमा सिरिज खेल्दै नेपाल ‘ए’ टोली

काठमाडौँ । नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले भारतको गुवाहटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म सिरिज खेल्न लागेको हो । भारतको आसाम प्रदेशसँग सिरिज खेल्ने तय भएको क्यानले जनाएको छ ।

क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपालको मुख्य टोली भने अहिले टप एन्ड टी–२० सिरिजका लागि अष्ट्रेलियामा छ । नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको छ ।

भारत भ्रणका लागि क्यानले घोषणा गरेको खेलाडीहरुमा कप्तान साहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री हुनुहुन्छ ।

  himalayanvoice.com | ८ भाद्र २०८२, आईतवार १०:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online