फिफा विश्व फुटसल वरियतामा नेपालको सुधार

काठमाडौँ । नेपालले फिफा विश्व फुटसल वरियतामा आफ्नो स्थान सुधार गरेको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा पुरुष टोलीले दुई स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ११८औँ स्थानमा छ । त्यसअघि नेपाल १२०औँ स्थानमा थियो ।

साफ राष्ट्रमा नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अगाडि माल्दिभ्स १०६औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×