ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौँ । कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।

शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले अविजित एक सय एक रन बनाउनुभयो ।

उहाँले एक सय दुई बलमा नौ चौकाको सहयोगमा सतक प्रहार गर्नुभएको हो । यस्तै सोमपाल कामीले अविजित ३८ रन बनाउनुभयो । बलिङमा साउथ अस्ट्रेलियाका लागि मेन्जिजले चार विकेट लिनुभयो । म्यानेन्टीले तीन विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको थियो । गुलसन झाले ३६ र कुशल भुर्तेलले २८ रन बनाउनुभयो ।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाउनुभयो । यस्तै दुवित हुगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोड्नुभयो ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक एक विकेट झार्नुभयो ।

नेपाल यसअघि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध दुईै वटा टी–२० अभ्यास खेलमा दुवै जित हात पारेको थियो ।

टप एन्ड टी–२० सिरिज खेल्ने अस्ट्रेलिया पुगेको नेपालले सिरिजपछि अभ्यास खेल खेलेको हो । ११ टोली सहभागी सिरिजका नेपाल समूहचरणबाटै बाहिरिएको थियो ।

नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

  himalayanvoice.com | १४ भाद्र २०८२, शनिबार १०:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online