ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

हुम्लामा बिस दिनसम्म गोठमै सुत्केरी एक साताअगाडि मात्रै अदानचुली गाउँपालिका–३ की अस्मिता भियाँल र अदानचुली–२ की कौमती बुढा सुत्केरी हुनुभयो । उहाँहरूलाई अहिले घरभन्दा परको गोठमा राखिएको छ । श्रीनगर स्वास्थ्य चौकीमा सुत्केरी भएका उहाँहरू यतिबेला गोठमा बस्न बाध्य छन् ।

हुम्ला। हुम्लामा सुत्केरीलाई सुत्केरी भएको २० दिनसम्म घरभन्दा अलग्गै गोठमै राख्ने गरिएको छ । देवीदेवता रिसाउने र घरमा समेत जुठो हुने भन्दै सुत्केरी आमा र बच्चालाई २० दिनसम्म गोठमा राख्ने गरिएको पाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको तथ्याङ्क हेर्दा हरेक वर्षमा जिल्लाका सात गाउँपालिकाभरि एक हजार एक सयको हाराहारीमा सुत्केरी हुने गरेका छन् । त्यसमध्ये आधाभन्दा धेरै आमालाई सुत्केरी भएको २० दिनसम्म गोठमै राख्ने गरिएको छ । जिल्लाको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा सुत्केरी आमालाई घरमा राख्ने गरिएको भए पनि सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा सुत्केरी आमालाई गोठमा राख्ने गरिएको छ ।

एक साताअगाडि मात्रै अदानचुली गाउँपालिका–३ की अस्मिता भियाँल र अदानचुली–२ की कौमती बुढा सुत्केरी हुनुभयो । उहाँहरूलाई अहिले घरभन्दा परको गोठमा राखिएको छ । श्रीनगर स्वास्थ्य चौकीमा सुत्केरी भएका उहाँहरू यतिबेला गोठमा बस्न बाध्य छन् । गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीको अनमी शारदा फडेराले बच्चा र आमाको अबस्था बुझ्नका लागि घरमा गएको बेला सुत्केरी भियाँल गोठमा भेटिनुभएको बताउनुभयो । उहाँले सुत्केरीलाई गोठमा राख्नु हुन्न, यतिबेला पोसिलो खानेकुरा खुवाउनु पर्छ भनेर सुझाव दिने गरेको भन्दै सुत्केरी घरमा नभई गोठमा बसालेको पाएको जनाउनुभयो । गोठमै बसेका बेला बच्चा र आमाको स्वास्थ्य जाँच गरेर फर्किएको उहाँले बताउनुभयो ।

उहाँ मात्रै नभई, ताँजाकोट गाउँपालिका–४ की असकला जैसीका घरपरिवारले समेत सुत्केरी भएपछि गोठमै राखेका छन् । सामाजिक संस्कार अनुसार आफूलाई गोठमा बसालिएको सुत्केरी अस्मिताले बताउनुभयो । अहिले उहाँलाई त्यही गोठमै सुत्केरी उत्तार्ने परिवारले तयारी गरेको छ । अझै पनि यहाँ धार्मिक परम्परा भन्दै घरदेखि टाढा गोठमा सुत्केरी गराउने तथा राख्ने चलन छ । २० दिनसम्म सुत्केरीलाई घरभित्र पस्न नदिने चलन रहेको स्थानीय परेस रोकायाले बताउनुभयो । सुत्केरी बस्ने एकान्त ठाउँमा सर्प तथा अन्य जिप जन्तुको डर उस्तै हुने गर्छ ।

स्वास्थ्यकर्मीका अनुसार सुत्केरीका बेला घरको सफा ठाउँमा बस्ने, आराम गर्ने तथा पोसिलो खाने कुरा खानुपर्ने हुन्छ । ज्ञानको अभावले पुरानो मान्यता भन्दै सुत्केरीलाई गोठमा राखिने गरेको अनमी फडेराले बताउनुभयो । “अब यस्ता कुसंस्कार हटाउन अभियान चलाउन जरुरी रहेको स्थानीय अगुवा सुमन बुढाले बताउनुभयो । गाउँपालिकाले अब स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरीपछि आमा र बच्चा घरमै बसाल्नका लागि अभियान चलाउनुपर्ने सुझाव उहाँले दिनुभयो ।

 

  himalayanvoice.com | १५ भाद्र २०८२, आईतवार २३:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online