ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

‘हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै छिमेकी देशले चित्त दुखाउन पर्दैन’

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले कालापानी, लिपुलेक हाम्रो हो हामीले हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै छिमेकी देशले चित्त दुखाउन नपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हालै चीनमा रहनुभएका प्रधानमन्त्रीले चिनिया राष्ट्रपतिसँग आपत्ति जनाउनुभएको विषय सरकारको चट्टानी अडान हो भन्नुभयो ।

उहाँले लिपुलेक नेपालको भूमि भएको हुँदा यसले छिमेकी देशसँगको सम्बन्ध बिगार्ने कुनै कारण नहुने पनि दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले राजनैतिक सहमतिमा सर्वसम्मत रूपमा संविधान संशोधन गरिने बताउँदै काँग्रेस र एमालेबिच सरकार गठनकै बेला भएको सहमति अनुरूप सबैको सहकार्यमा चरणबद्ध रूपमा संविधान संशोधनको प्रक्रिया अगाडी बढेको बताउनुभयो ।

गृहमन्त्री लेखकले सञ्चार र लोकतन्त्र एक अर्काका परिपूरक भएको र लोकतन्त्र बिना स्वतन्त्र पत्रकारिता सम्भव नहुने बताउनुभयो ।

सरकारले सीमा सुरक्षा र सीमा अपराधलाई गम्भीर रूपमा लिएको भन्नुहुँदै कुनै देशको सैन्य रणनीतिमा नेपाल सहभागी नहुने बताउनुभयो ।

उहाँले भिजिट भिसामा लाखौँ लाख मान्छे विदेश जाने गरेको हुँदा यसलाई नीतिगत र कानुनी रूपमा सुधार गर्न सरकार लागिपरेको बताउनुभयो ।

गृहमन्त्री लेखकले अहिलेको संविधान ठुलो त्याग र बलिदानबाट आएको हुँदा यसको रक्षा आजको महत्त्वपूर्ण विषय हो भन्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले मुलुकमा शान्ति सुरक्षा नभई देश विकाश, सुशासन हुन सक्दैन भन्नुहुँदै शान्ति सुरक्षालाई सबल बनाउन सरकार लागिपरेको दाबी गर्नुभयो ।

एक फरक प्रसङ्गमा गृहमन्त्री लेखकले वीरगन्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि सरकारले नेपाली सेनासहित तिनै तहका सुरक्षाकर्मीलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक अनुसार परिचालन गरिने बताउनुभयो ।

 

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार १०:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online