ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

सर्वाधिक तेस्रो ठूलो धनराशिको पावरबल चिठ्ठा शनिबार राति खुल्ने चिठ्ठा खेल्ने व्यक्तिले १ देखि ६९ अङ्कसम्मको कुनै पाँचवटा अङ्क र एउटा पावरबल अङ्कसहित ६ वटा अङ्क छान्नुपर्नेछ । ती सबै अङ्क मिल्ने व्यक्तिले १.७ बिलियन राशिको पुरस्कार हात पार्नेछ ।

अमेरिका । अमेरिकाको सर्वाधिक तेस्रो ठूलो धनराशिको पावरबल चिठ्ठा सेप्टेम्बर ६ तारिख शनिबार राति खुल्ने भएको छ ।

पावरबल नामक यो चिठ्ठाको धनराशि एक दशमलव ७ बिलियन अमेरिकी डलर छ । सोमवार, बुधबार र शनिबार गरी हप्ताको तीनपटक खुल्ने यो चिठ्ठाको मूल्य दुई डलर पर्दछ । करिब चार महिनादेखि यो चिठ्ठा कसैलाई पनि नपरेको कारण यो रकम बढ्दै बढ्दै गएर यति विशाल धनराशिको बनेको हो ।

अमेरिकाको ५० मध्ये ४५ वटा राज्यमा पावरबल चिठ्ठा किन्न पाइन्छ । यो चिठ्ठा किन्नको लागि अमेरिकी नागरिक वा ग्रिनकार्डधारी हुनुपर्दैन । अमेरिकाका ग्यास स्टेसन वा अरु सानातिना खुद्रा पसल र वालमार्टमा समेत यो चिठ्ठा किन्न पाइन्छ ।

चिठ्ठा खेल्ने व्यक्तिले १ देखि ६९ अङ्कसम्मको कुनै पाँचवटा अङ्क र एउटा पावरबल अङ्कसहित ६ वटा अङ्क छान्नुपर्नेछ । ती सबै अङ्क मिल्ने व्यक्तिले १.७ बिलियन राशिको पुरस्कार हात पार्नेछ । उक्त व्यक्तिले एकैपटकमा यो रकम नगदमा लिने इच्छा गरेको खण्डमा उक्त रकमको करिब आधामात्र पाउनेछ ।

गत हप्ता यो रकम १.४४ बिलियन डलर थियो । गतहप्ता निकालिएको ड्र मा ३, १६, २९, ६१ र ६९ तथा पावरबल २२ परेको थियो । तर कसैले पनि यो अङ्क मिलाउन सकेन । यसपटक पनि यो चिठ्ठा कसैलाई परेन भने यसको रकम लगभग दुई बिलियन पुग्ने अनुमान गरिएको छ ।

यस अघिका दुई विशाल धनराशिको दुवै पावरबल चिठ्ठा क्यालिफोर्नियावासीलाई परेको थियो । ती दुईको रकम क्रमशः दुई दशमलव ४ बिलियन र एक दशमलव ७६५ बिलियन थियो ।

लटरी विभागका अनुसार, यो चिठ्ठा पर्ने सम्भावना एक बराबर २९२.२ मिलियन छ । यसलाई लगभग एक मुठी बालुवामा एउटा बालुवाको कण पर्नुजस्तै मानिन्छ ।

  himalayanvoice.com | २० भाद्र २०८२, शुक्रबार १२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online