ट्रेण्डिङ्ग:
|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक|स्पेनले सम्भावित लाखौं आप्रवासीहरूका लागि आममाफीको उपायलाई अन्तिम रूप दियो|शरण आवेदनहरू निलम्बित रहँदा पोल्याण्डमा रहेका अफगानी आप्रवासीहरूलाई जबरजस्ती देश निकालाको डर छ

सर्वाधिक तेस्रो ठूलो धनराशिको पावरबल चिठ्ठा शनिबार राति खुल्ने चिठ्ठा खेल्ने व्यक्तिले १ देखि ६९ अङ्कसम्मको कुनै पाँचवटा अङ्क र एउटा पावरबल अङ्कसहित ६ वटा अङ्क छान्नुपर्नेछ । ती सबै अङ्क मिल्ने व्यक्तिले १.७ बिलियन राशिको पुरस्कार हात पार्नेछ ।

अमेरिका । अमेरिकाको सर्वाधिक तेस्रो ठूलो धनराशिको पावरबल चिठ्ठा सेप्टेम्बर ६ तारिख शनिबार राति खुल्ने भएको छ ।

पावरबल नामक यो चिठ्ठाको धनराशि एक दशमलव ७ बिलियन अमेरिकी डलर छ । सोमवार, बुधबार र शनिबार गरी हप्ताको तीनपटक खुल्ने यो चिठ्ठाको मूल्य दुई डलर पर्दछ । करिब चार महिनादेखि यो चिठ्ठा कसैलाई पनि नपरेको कारण यो रकम बढ्दै बढ्दै गएर यति विशाल धनराशिको बनेको हो ।

अमेरिकाको ५० मध्ये ४५ वटा राज्यमा पावरबल चिठ्ठा किन्न पाइन्छ । यो चिठ्ठा किन्नको लागि अमेरिकी नागरिक वा ग्रिनकार्डधारी हुनुपर्दैन । अमेरिकाका ग्यास स्टेसन वा अरु सानातिना खुद्रा पसल र वालमार्टमा समेत यो चिठ्ठा किन्न पाइन्छ ।

चिठ्ठा खेल्ने व्यक्तिले १ देखि ६९ अङ्कसम्मको कुनै पाँचवटा अङ्क र एउटा पावरबल अङ्कसहित ६ वटा अङ्क छान्नुपर्नेछ । ती सबै अङ्क मिल्ने व्यक्तिले १.७ बिलियन राशिको पुरस्कार हात पार्नेछ । उक्त व्यक्तिले एकैपटकमा यो रकम नगदमा लिने इच्छा गरेको खण्डमा उक्त रकमको करिब आधामात्र पाउनेछ ।

गत हप्ता यो रकम १.४४ बिलियन डलर थियो । गतहप्ता निकालिएको ड्र मा ३, १६, २९, ६१ र ६९ तथा पावरबल २२ परेको थियो । तर कसैले पनि यो अङ्क मिलाउन सकेन । यसपटक पनि यो चिठ्ठा कसैलाई परेन भने यसको रकम लगभग दुई बिलियन पुग्ने अनुमान गरिएको छ ।

यस अघिका दुई विशाल धनराशिको दुवै पावरबल चिठ्ठा क्यालिफोर्नियावासीलाई परेको थियो । ती दुईको रकम क्रमशः दुई दशमलव ४ बिलियन र एक दशमलव ७६५ बिलियन थियो ।

लटरी विभागका अनुसार, यो चिठ्ठा पर्ने सम्भावना एक बराबर २९२.२ मिलियन छ । यसलाई लगभग एक मुठी बालुवामा एउटा बालुवाको कण पर्नुजस्तै मानिन्छ ।

  himalayanvoice.com | २० भाद्र २०८२, शुक्रबार १२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online