ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

सभापति देउवा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानील कण्ठस्थित निजी निवासमा आगजनी गरिएको छ । उत्तेजित प्रदर्शनकारी सभापति देउवाको निवास भित्र छिरेर जागजनी गरेको जानकारी प्रहरीले दिएको छ । 

घटना स्थलमा रहेका स्थानीयबासीका अनुसार, देउवा निवासमा आगो लागेको छ । केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टर त्यस क्षेत्रमा पुगेको जानकारी पनि दिइएको छ ।

त्यस क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीले आगजनीको प्रयास जारी राखेका थिए । यसअघि ऊर्जामन्त्री दीपक खड्काको घरमा जागजनी गरिएको थियो ।

काठमाडौं जिल्ला प्रहरी परिसर रानी पोखरीका प्रवक्ता शेखर खनालका अनुसार शीर्ष नेता तथा सार्वजनिक सम्पत्तिमा तोडफोड हुनुका साथै आगजनी भएको बताउनु भयो । उहाँले विस्तृत विवरण आउन बाँकी छ भन्नुभयो ।

  himalayanvoice.com | २४ भाद्र २०८२, मंगलवार १०:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online