ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

उपत्यकामा निषेधाज्ञा खुकुलो, राति कर्फ्यु जारी रहने भदौ २६ देखि २७ गतेसम्म कर्फ्यु, अत्यावश्यक सेवामा भने छुट

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ । 

उपत्यकामा नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षात्मक व्यवस्था गरिएको र कर्फ्युलाई केही खुुकुलो बनाइएको छ।

अत्यावश्यक सेवामा छुट

निषेधाज्ञा र कर्फ्युको अवधिमा समेत एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन्।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा भने सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ ।

सुरक्षाकर्मीहरु नागरिकको जीवन रक्षा र मानवीय उद्धारमा निरन्तर सक्रिय रहेको भन्दै सहयोग र समन्वयका लागि सबैमा अपिल गरिएको छ ।

  himalayanvoice.com | २५ भाद्र २०८२, बुधबार १२:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online