काठमाडौं । संसद विगठन गरेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपति मार्फत राजनीतिक दल, जेनजी प्रतिनिधि र नेपाली सेना सहमत भएका छन् ।
नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र सानो आकारको मन्त्रीमंडल बनाउने तयारी भइरहेको छ ।
राष्ट्रपति कार्यालयमा नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।
सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् ।
सानो आकारको मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म आज सपथ गर्ने मन्त्रिहरूको नाम भने गोप्य राखिएको छ ।
तिनै शुरक्षा निकायका प्रमुख नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।
प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनका प्रतिनिधि बीचको छलफलमा संसद विगठन गरेर आजै सुशीला कार्कीको नेतृत्वको नयाँ सरकारले सपथ लिने गरि टुंगिएको हो ।
प्रतिक्रिया