ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

संसद विगठन गरेर आजै सुशीला कार्कीको नेतृत्वको नयाँ सरकारले सपथ लिने प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको छ ।

काठमाडौं । संसद विगठन गरेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रपति मार्फत राजनीतिक दल, जेनजी प्रतिनिधि र नेपाली सेना सहमत भएका छन् ।

नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र सानो आकारको मन्त्रीमंडल बनाउने तयारी भइरहेको छ ।

राष्ट्रपति कार्यालयमा नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।

सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् ।

सानो आकारको मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म आज सपथ गर्ने मन्त्रिहरूको नाम भने गोप्य राखिएको छ ।

तिनै शुरक्षा निकायका प्रमुख नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।

प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनका प्रतिनिधि बीचको छलफलमा संसद विगठन गरेर आजै सुशीला कार्कीको नेतृत्वको नयाँ सरकारले सपथ लिने गरि टुंगिएको हो ।

 

  himalayanvoice.com | २७ भाद्र २०८२, शुक्रबार १०:००

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online