ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एसिया कप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

काठमाडौँ । पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो । 

जितका लागि एक सय ६१ रनको लक्ष्इ पछ्याएको ओमान १६.४ ओभरमा सबै विकेटको क्षतिमा ६७ रनमा समेटिएको थियो । ओमानका लागि हम्माद मिर्जाले २७ रन बनाउनुभयो । अमिर कलिमले १३ र शकिल अहमेदले १० रन बनाउनुभयो ।

पाकिस्तानका लागि साइम अयुब, सफियान मुकिम र उसामा मिरले दुई दुई विकेट लिनुभयो । सहेन शाह अफ्रिदी, अबरर अहमेद र मोहमद नवाजले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले ६६ रन बनाउनुभयो । सहिबजादा फरहानले २९, फकहर जमनले २३ र मोहमद नवाजले १९ रन बनाउनुभयो ।

बलिङमा ओमानका आमिर कलीम र शाह फैसलले तीन तीन विकेट लिनुभयो । मोहमद नदिमले एक विकेट झार्नुभयो । पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 

  himalayanvoice.com | २८ भाद्र २०८२, शनिबार ११:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online