ट्रेण्डिङ्ग:
|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

पेट्रोलियम पदार्थको मूल्य समायोजन : साविकको खुद्रा मूल्य नै यथावत ‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको छ ।’’

काठमाडौं । नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको भाडा मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.५२ ले कमी भए पनि डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २.१५ ले वृद्धि भएको निगमले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको छ ।’’

निगमका अनुसार पेट्रोलको खुद्रा मूल्य घटेर काठमाडौं उपत्यका, पोखरा र ढुवानी केन्द्र नजिकका क्षेत्रमा प्रतिलिटर रु. १८२.५० कायम भएको छ भने डिजेल तथा मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर रु. १७२.१५ पुगेको छ ।

नयाँ मूल्यसूचीअनुसार १५ किलोमिटरभित्रका सबै बिक्री/वितरण केन्द्रहरूमा पेट्रोल, डिजेल र मट्टितेल उक्त मूल्यमा विक्री वितरण गरिने निगमले जनाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थहरूको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा उपभोक्ताले प्रत्यक्ष लाभ पाउनेछन् ।”

  himalayanvoice.com | ३० भाद्र २०८२, सोमबार १५:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online