ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौँ । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।

काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सहिदगेटमा दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियन्ता धनेज थापाले बताउनुभयो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति थियो ।

मृतकको सम्मान स्वरुप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा पनि दिएको थियो ।

साथै, राष्ट्रिय झण्डा पनि आधा झुकाइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजी पुस्ताले भदौ २३ र २४ गते राजधानीमा प्रदर्शन गरेका थिए ।

गोरखापत्रका ओखलढुंगा समाचारदाता शेरबहादुर राईका अनुसार, ओखलढुङ्गामा जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा ओखलढुङ्गाबासीले दीप प्रज्वलन गरेका हुन् ।

सिद्धिचरण नगरपालिका–११ को मिलनचोक र वडा नं. १२ स्थित गणेश मन्दिर चोकमा दीप प्रज्वलन गरिएको राजेश कुमार खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाहरूले दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले सहिदहरूले देखाएको बाटो अनुसरण गर्दै परिवर्तनको यात्रालाई निरन्तरता दिने संकल्प व्यक्त गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा जेनजी युवाहरु लगायत स्थानिय समाजेवी, विद्यार्थीहरु र सदरमुकामबासीको सहभागीता रहेको थियो ।

  himalayanvoice.com | १ आश्विन २०८२, बुधबार १३:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online