ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

संविधान दिवस: सैनिकमञ्च टुडिखेलमा विशेष समारोह 'प्रधानमन्त्री कार्की: युवाहरूको सहभागिता राज्य कार्य प्रणालीमा अनिवार्य'

काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा शैनिकमञ्चमा एक समारोहको आयोजना गरेको छ ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोहीअनुसार सरकार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

संविधानका अक्षरभन्दा जनताका भावना ठुलो हुने बताउनुहुँदै प्रधानमन्त्री कार्कीले आवश्यक परे संस्थागत रूपमा कानुनमा संशोधन गरेर जनताको सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले संविधानले सङ्घ प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँड र जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा प्रदान गर्ने आधार प्रदान गरेको भन्नुहुँदै जनताको भावना र आवश्यकताअनुसार राज्य संयन्त्र क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा पुगेको सार्वजनिक सम्पत्तिको क्षतिको पुनर्निर्माण गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने काममा सहयोग गर्न सम्पूर्ण युवापुस्तालाई प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संवैधानिक निकायमा प्रमुख तथा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

  himalayanvoice.com | ३ आश्विन २०८२, शुक्रबार ००:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online