ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

संविधान दिवस: सैनिकमञ्च टुडिखेलमा विशेष समारोह 'प्रधानमन्त्री कार्की: युवाहरूको सहभागिता राज्य कार्य प्रणालीमा अनिवार्य'

काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा शैनिकमञ्चमा एक समारोहको आयोजना गरेको छ ।

समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोहीअनुसार सरकार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

संविधानका अक्षरभन्दा जनताका भावना ठुलो हुने बताउनुहुँदै प्रधानमन्त्री कार्कीले आवश्यक परे संस्थागत रूपमा कानुनमा संशोधन गरेर जनताको सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले संविधानले सङ्घ प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँड र जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा प्रदान गर्ने आधार प्रदान गरेको भन्नुहुँदै जनताको भावना र आवश्यकताअनुसार राज्य संयन्त्र क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा पुगेको सार्वजनिक सम्पत्तिको क्षतिको पुनर्निर्माण गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने काममा सहयोग गर्न सम्पूर्ण युवापुस्तालाई प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संवैधानिक निकायमा प्रमुख तथा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

  himalayanvoice.com | ३ आश्विन २०८२, शुक्रबार ००:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online