ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

हतियारसहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि स्थानीयको विरोध

वीरगञ्ज । हतियार सहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि ठोरीका स्थानीयले विरोध जनाएका छन् । उत्तर प्रदेशको राज्य सभा सांसद मिथिलेश कुमार हतियार सहितको अङ्ग रक्षक ठोरी गाउँपालिका–२ , टाउन प्रवेश गरेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

शनिबार दिउँसोको समयमा आधुनिक हतियार सहित ठोरी नाका हुँदै नेपाल प्रवेश गरेका सांसद सहितको प्रहरीलाई ठोरीका स्थानीयले अन्तर्राष्ट्रिय सिमानामा हतियार सहित प्रवेश गरेको भन्दै विरोध गरेका थिए ।

स्थानीयले विरोध गर्दै प्रहरीको जिम्मा लगाइदिएको ठोरी गाउँपालिका–२ का स्थानीय रामशरण लामिछानेले जानकारी दिनुभयो ।

हतियार सहितका भारतीय प्रहरी नेपाली भूमिमा देखेपछि आफूहरूले नेपालको प्रहरीको जिम्मा लगाइदिएको लामिछानेले बताउनुभयो ।

  himalayanvoice.com | ११ आश्विन २०८२, शनिबार १०:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online