पूर्व प्रधानमन्त्री ओली र मन्त्री लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको आयोगका सदस्य विज्ञान राज शर्माद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले छानबिन तथा जाँचबुझको सिलसिलामा उहाँहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नु साथै कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×