ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

खयरमारामा बस दुर्घटनामा दुईको मृत्यु, २६ जना घाइते

बर्दिबास । बर्दीबास -१० खयरमारामा अहिले विहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा १० का ६५ वर्षिय पैदलयात्रु चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै उपचारको क्रममा बसमा सवार ईश्वरपुर १२ का १० वर्षिय प्रमिस खडकाको शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल प्रमुख प्रदीप कार्कीका अनुसार बालक खडकाको टाउकोमा गहिरो चोट लागेको छ । जिल्ला ट्राफिक प्रमुख जोशीकाअनुसार खयरमाराबाट काठमाडौंतर्फ जाँदैगरेको ना ६ ख १४६४ नम्बरको यात्रुबस आज विहान बर्दीबास १० खयरमारास्थित लक्ष्मीनारायन माध्यमिक विधालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउन गएका कारण दुर्घटना भएको हुनसक्छ । ट्राफिक प्रमुख जोशीले बसका सबै स्टाफ फरार रहेकाले उनीहरुको खोजी भइरहेको बताउनुभयो । दुर्घटनाबारे थप विवरण आउनेक्रम जारी छ ।

  himalayanvoice.com | १७ आश्विन २०८२, शुक्रबार ०१:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online