ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

अविरल वर्षाका कारण देशभरका छ स्थानका सडकमा आवागमन रोकियो यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताउनुभयो।

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।

पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोले आवात–जावत बन्द छ ।

यसैगरी फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ ।

यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताउनुभयो।

प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ । रासस

  himalayanvoice.com | १८ आश्विन २०८२, शनिबार १०:०८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online