ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले भाग लिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संयोजक दाहालले भन्नुभयो, “माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।”

उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको स्पष्ट पार्नुभयो ।माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको छ ।

राजनीतिक दलभित्र पुस्तान्तरणसम्बन्धी बसहलाई निष्कर्षमा पुर्‍याउन माओवादीले मौजुदा केन्द्रीय समिति भङ्ग गरेर आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पनि निर्णय गरिसकेको छ ।

  himalayanvoice.com | २० आश्विन २०८२, सोमबार ०८:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online