ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सरकारी बन्दको समयमा पनि आइसद्वारा गैरकानूनी आप्रवासी पक्राउ अभियान जारी सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, 'सरकार बन्द भएको यो अवधिमा अधिकारीहरूले तलब नपाएको र उनीहरू विरुद्धको आक्रमणमा १०००% भन्दा बढी वृद्धि भए पनि आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारि राखेका छन्।

वासिङ्टन । सरकार बन्दको समयमा पनि अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसले) ले देशभरि बालबालिकाको यौन दुर्व्यवहार, हत्या, आक्रमण, खतरनाक हतियार प्रयोग गरी घरेलु दुर्व्यवहार, लागूपदार्थको तस्करीको प्रयास र चोरीको आरोपमा दोषी ठहरिएका आपराधि आरोपित गैरकानूनी आप्रवासीहरू पक्राउ गर्ने अभियान जारी राखेको छ ।

सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘सरकार बन्द भएको यो अवधिमा अधिकारीहरूले तलब नपाएको र उनीहरू विरुद्धको आक्रमणमा १०००% भन्दा बढी वृद्धि भए पनि आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारि राखेका छन्। हिजो मात्र, डिएचएसले बाल यौन अपराध, आक्रमण, घरेलु दुर्व्यवहार, हत्या, लागूपदार्थको तस्करी र चोरीमा दोषी ठहरिएका आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गरेको छ।’

सोमबार पक्राउ परेका आपराधि आरोपित गैरकानूनी आप्रवासीहरूमा जोस अल्बर्टो हर्नान्डेज-अल्भाराडो, मेक्सिको, केमार ह्यामिल्टन, जमैका, वालिद सौलमिया, अल्जेरिया, ह्युगो मार्टिनेज-जेम्स, मेक्सिको र विलियम सिएरा-गेलेनो, कोलम्बिया रहेका छन् । पक्राउ परेका अधिकांस हिस्पानिक समुदयाका सदस्य रहेका छन् ।

  himalayanvoice.com | २१ आश्विन २०८२, मंगलवार १९:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online