ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सरकारी बन्दको समयमा पनि आइसद्वारा गैरकानूनी आप्रवासी पक्राउ अभियान जारी सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, 'सरकार बन्द भएको यो अवधिमा अधिकारीहरूले तलब नपाएको र उनीहरू विरुद्धको आक्रमणमा १०००% भन्दा बढी वृद्धि भए पनि आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारि राखेका छन्।

वासिङ्टन । सरकार बन्दको समयमा पनि अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसले) ले देशभरि बालबालिकाको यौन दुर्व्यवहार, हत्या, आक्रमण, खतरनाक हतियार प्रयोग गरी घरेलु दुर्व्यवहार, लागूपदार्थको तस्करीको प्रयास र चोरीको आरोपमा दोषी ठहरिएका आपराधि आरोपित गैरकानूनी आप्रवासीहरू पक्राउ गर्ने अभियान जारी राखेको छ ।

सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘सरकार बन्द भएको यो अवधिमा अधिकारीहरूले तलब नपाएको र उनीहरू विरुद्धको आक्रमणमा १०००% भन्दा बढी वृद्धि भए पनि आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारि राखेका छन्। हिजो मात्र, डिएचएसले बाल यौन अपराध, आक्रमण, घरेलु दुर्व्यवहार, हत्या, लागूपदार्थको तस्करी र चोरीमा दोषी ठहरिएका आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गरेको छ।’

सोमबार पक्राउ परेका आपराधि आरोपित गैरकानूनी आप्रवासीहरूमा जोस अल्बर्टो हर्नान्डेज-अल्भाराडो, मेक्सिको, केमार ह्यामिल्टन, जमैका, वालिद सौलमिया, अल्जेरिया, ह्युगो मार्टिनेज-जेम्स, मेक्सिको र विलियम सिएरा-गेलेनो, कोलम्बिया रहेका छन् । पक्राउ परेका अधिकांस हिस्पानिक समुदयाका सदस्य रहेका छन् ।

  himalayanvoice.com | २१ आश्विन २०८२, मंगलवार १९:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online