ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मापदण्डविपरीतका २७१ सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । सरकारले स्वीकृत मापदण्डविपरीत बहालवाला र पूर्वपदाधिकारी (पूर्वभिआइपी तथा भिभिआइपी) का नाममा अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा यही असोज २३ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्वीकृत मापदण्डविपरीत अनधिकृत रूपमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओलीको सुरक्षार्थ खटाइएका ४५ जना सुरक्षाकर्मीमध्ये २७ जना र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षार्थ खटाइएका ५२ जनामध्ये ३४ जना अतिरिक्त सुरक्षाकर्मी फिर्ता भएका थिए ।

सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधि–२०७७’ अनुसार पूर्वराष्ट्रपतिदेखि पूर्वपदाधिकारी/पूर्वमन्त्रीसहितको सुरक्षार्थ सुरक्षाकर्मी खटाउँदै आएको थियो । सुरक्षा व्यवस्था कार्यविधिमा पूर्वप्रधानमन्त्रीको सुरक्षार्थ बढीमा १८ जना सुरक्षाकर्मी खटाउने व्यवस्था छ ।

यस्तो सुविधालाई कतिपय बहालवाला तथा पूर्वउच्चपदस्थ अधिकारीले मनलाग्दी सुरक्षाकर्मी लिएर रवाफ देखाउने, घरको भान्छे, निजी चालकलगायत घरेलु कामदारका रूपमा दुरुपयोग गर्ने गरेको पनि पाइएको छ । गृह मन्त्रालयले अनधिकृत रूपमा सुरक्षाको नाममा मापदण्डविपरीत खटाइएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरी कार्यविधिले स्वीकृत गरेको सुरक्षाकर्मी मात्र खटाउने व्यवस्था गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । हालसम्म फिर्ता हुनेमा नेपाल प्रहरीका १७४ र सशस्त्र प्रहरीका ७४ जना छन् । फिर्ता गरिएका सुरक्षाकर्मी पूर्ववर्ती जिम्मेवारीमा खटाउने तयारी गरिएको छ ।

स्रोतका अनुसार विगतमा सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधिविपरीत करिब पाँच सय सुरक्षाकर्मी अनधिकृत रूपमा खटाइएको पाइएको छ । मापदण्डविपरीत अतिरिक्त सुविधा खोसिएपछि पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र ओलीको सुरक्षार्थ भन्दै पार्टीका भ्रातृ सङ्गठनबाट ठुलो सङ्ख्यामा स्वयंसेवक खटाउन थालिएको छ ।

  himalayanvoice.com | २७ आश्विन २०८२, सोमबार १०:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online