ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

विश्व बैङ्कको वार्षिक बैठकमा खनालले भने कर कानुनका अस्पष्टता हटाइन्छ

काठमाडौँ  । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विद्यमान कर कानुनमा देखिएका अस्पष्टता हटाइने बताउनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका खनालले नेपाल अमेरिका चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा मुलुकभित्र लगानीयोग्य वातावरण बनाउन कर कानुनमा स्पष्टता ल्याइने बताउनुभएको हो । 

सो क्रममा उहाँले कर कानुनका विषयमा आर्थिक ऐन तर्जुमा हुने क्रममा पर्याप्त छलफल गरी टुङ्गो लगाइने उल्लेख गर्नुभयो । अन्य विषयमा समेत पर्याप्त अनुसन्धान र विकासका माध्यमबाट नीतिगत र कानुनी सुधार गरिने उहाँको भनाइ थियो । विदेशी लगानीकर्तालाई नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने  र लगानीकर्ताले लगानी स्वीकृत गराउँदा र व्यवसाय बन्द गर्दाका प्रक्रिया सजिलो पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न कम्पनीका प्रतिनिधिले नेपालमा कर कानुन र अन्य नियमनकारी निकायका कतिपय निर्णय र प्रावधानले लगानीकर्तालाई असहज बनाएको उल्लेख गर्नुभएको थियो ।

मङ्गलबार नै विश्व बैङ्कका प्रबन्ध निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनु रहेको बताउनुभयो । वर्तमान सरकार व्यावसायिक वातावरण सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको बताउनुभयो । भेटमा प्रबन्ध निर्देशक बेजर्डेले अन्तरिम सरकारसँग काम गर्न विश्व बैङ्क इच्छुक रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मुद्राकोषको उपप्रबन्ध निर्देशक बोलीसँगको भेटमा अर्थमन्त्री खनालले कोषसँगको सहकार्यमा सञ्चालित विस्तारित कर्जा सुविधासम्बन्धी बाँकी सुधारका कार्यलाई अघि बढाइने बताउनुभयो । उपप्रबन्धनिर्देशक बोलीले नेपालको आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताउनुभयो ।

मङ्गलबार नै अर्थमन्त्री खनालले विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग भेट गरी हाल सञ्चालित आयोजना र तीनको कार्यान्वयनमा क्रममा देखिने समस्याका विषयमा छलफल गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

  himalayanvoice.com | २८ आश्विन २०८२, मंगलवार २२:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online