ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त नवगठित सरकारले एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्रीमा नियुक्त गरेको छ। संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट मात्र रहेको छ।

काठमाडौं । मधेश प्रदेशमा नेकपा (एमाले), संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्मिलित संयुक्त सरकार गठन गरिएको छ।

सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको हो।

नवगठित सरकारले एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्रीमा नियुक्त गरेको छ। संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट मात्र रहेको छ।

यसअघि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिनुभएकाे थियाे। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे थियाे।

स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्नुअघि प्रदेश प्रमुख भण्डारीले बर्दिबासस्थित पानस होटलमा मुख्यमन्त्री यादवलाई शपथ खुवाउनुभएकाे थियाे।

  himalayanvoice.com | २४ कार्तिक २०८२, आईतवार २१:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online