ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

कांग्रेसका युवा भेला : विशेष महाधिवेशनको माग भेलाले केन्द्रीय कार्य समितिलाई विशेष महाधिवेशनसम्बन्धी निर्णय शीघ्र ल्याउन आग्रह गर्दै वर्तमान नेतृत्वमा परिवर्तन नगरी निर्वाचनमा गए कांग्रेसलाई थप क्षति पुग्ने चेतावनी दिएको छ। 

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवाको भेलाले पार्टीमा रूपान्तरण आवश्यक परेको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वलाई आग्रह गरेको छ।

काठमाडौँमा शुक्रबार सम्पन्न भेलामा सहभागी युवा नेता तथा भ्रातृ–शुभेच्छुक संगठनका प्रतिनिधिहरूले मंसिरमै १५औँ महाधिवेशन सम्पन्न गर्न नसकेमा विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण गरी आगामी निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

भेलाले केन्द्रीय कार्य समितिलाई विशेष महाधिवेशनसम्बन्धी निर्णय शीघ्र ल्याउन आग्रह गर्दै वर्तमान नेतृत्वमा परिवर्तन नगरी निर्वाचनमा गए कांग्रेसलाई थप क्षति पुग्ने चेतावनी दिएको छ।

वक्ता करुणा कटुवाल, पुनम लामा, सचिन तिमिल्सिना, मोती भण्डारीलगायतले पार्टीको पुनर्संरचनाका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको धारणा राखे।

  himalayanvoice.com | २९ कार्तिक २०८२, शुक्रबार ११:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online