ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

कांग्रेसका युवा भेला : विशेष महाधिवेशनको माग भेलाले केन्द्रीय कार्य समितिलाई विशेष महाधिवेशनसम्बन्धी निर्णय शीघ्र ल्याउन आग्रह गर्दै वर्तमान नेतृत्वमा परिवर्तन नगरी निर्वाचनमा गए कांग्रेसलाई थप क्षति पुग्ने चेतावनी दिएको छ। 

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवाको भेलाले पार्टीमा रूपान्तरण आवश्यक परेको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वलाई आग्रह गरेको छ।

काठमाडौँमा शुक्रबार सम्पन्न भेलामा सहभागी युवा नेता तथा भ्रातृ–शुभेच्छुक संगठनका प्रतिनिधिहरूले मंसिरमै १५औँ महाधिवेशन सम्पन्न गर्न नसकेमा विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण गरी आगामी निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

भेलाले केन्द्रीय कार्य समितिलाई विशेष महाधिवेशनसम्बन्धी निर्णय शीघ्र ल्याउन आग्रह गर्दै वर्तमान नेतृत्वमा परिवर्तन नगरी निर्वाचनमा गए कांग्रेसलाई थप क्षति पुग्ने चेतावनी दिएको छ।

वक्ता करुणा कटुवाल, पुनम लामा, सचिन तिमिल्सिना, मोती भण्डारीलगायतले पार्टीको पुनर्संरचनाका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको धारणा राखे।

  himalayanvoice.com | २९ कार्तिक २०८२, शुक्रबार ११:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online