ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रेम गीत ‘झलिको’ सार्वजनिक

काठमाडौँ । लोकगायक अर्जुन सापकोटाले नयाँ गीत झलिको सार्वजनिक गर्नुभएको छ । झलिको एक प्रेम गीत हो, जसका शब्दहरूले माया र प्रेम जोडीका भावनाहरूलाई व्यक्त गर्दछन् । यस गीतको गायनमा सापकोटाको साथसाथै मेलिना राई र समीक्षा अधिकारीको स्वर रहेको छ ।

गीतमा सन्तोष सापकोटाको शब्द रचना छ भने सङ्गीत अर्जुन सापकोटा स्वयंको हो। कृष्ण रेउलेको थेगो रहेको गीतको सङ्गीत संयोजन एचबिएन किस्मतले गर्नुभएको हो ।

गीतको भिडिओमा परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। गीतको भिडियाेमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य रहेको छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको पनि अभिनय देख्न सकिन्छ।

भिडियाेको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन् भने निर्देशन विशालले गर्नुभएको छ  । गायक अर्जुन सापकोटाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गर्नुभएको हो ।

 

  himalayanvoice.com | २९ कार्तिक २०८२, शुक्रबार ११:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online