ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

‘देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्छ’

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको रक्षाका लागी सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले मुलुकमा देखा परेको राष्ट्रिय संकट पार लगाउन नेपाली कम्युनिष्ट पार्टी एकता प्रक्रियामा अघि बढेको बताउनुभयो ।

संयोजक प्रचण्डले १५ वटा कम्युनिष्ट घटक एकै ठाउँमा आएर कम्युनिष्ट पार्टी बनेको नेपालमा पहिलो भएको उल्लेख गर्नुहुँदै बृहत् वामपन्थी एकताको महाअभियानमा नेकपा केन्द्रित रहेको बताउनुभयो । नयाँ नेपाल निर्माणको राष्ट्रिय सङ्कल्पका साथ भएको एकताले पार्टीका नेता कार्यकर्तामा ऊर्जा थपेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको समग्र विकासलाई आफूले सधैँ प्राथमिकता दिएको र प्रधानमन्त्री हुँदा थुप्रै विकासका परियोजना अघि बढेको उहाँले बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देश विकासको सङ्कल्प, देशभक्ति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको बताउनुभयो ।

सभामा नेता डा. भिम रावलले ताजा जनदेशका लागि नेपाली कम्युनिष्ट पार्टीले तयार रहेको र सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सभामा नेताहरू गिरिराजमणि पोखरेल, प्रकाश बहादुर शाह लगायतले सुदृढ, एकताबद्ध, बलियो भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता भानुभक्त जोशीको अध्यक्षतामा भएको एकता सन्देश सभामा नवगठित नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

धनगढीबाट शुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सात वटै प्रदेशमा आयोजना गरिने बताइएको छ ।

  himalayanvoice.com | १३ मंसिर २०८२, शुक्रबार ११:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online