ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

‘देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्छ’

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको रक्षाका लागी सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले मुलुकमा देखा परेको राष्ट्रिय संकट पार लगाउन नेपाली कम्युनिष्ट पार्टी एकता प्रक्रियामा अघि बढेको बताउनुभयो ।

संयोजक प्रचण्डले १५ वटा कम्युनिष्ट घटक एकै ठाउँमा आएर कम्युनिष्ट पार्टी बनेको नेपालमा पहिलो भएको उल्लेख गर्नुहुँदै बृहत् वामपन्थी एकताको महाअभियानमा नेकपा केन्द्रित रहेको बताउनुभयो । नयाँ नेपाल निर्माणको राष्ट्रिय सङ्कल्पका साथ भएको एकताले पार्टीका नेता कार्यकर्तामा ऊर्जा थपेको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको समग्र विकासलाई आफूले सधैँ प्राथमिकता दिएको र प्रधानमन्त्री हुँदा थुप्रै विकासका परियोजना अघि बढेको उहाँले बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देश विकासको सङ्कल्प, देशभक्ति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको बताउनुभयो ।

सभामा नेता डा. भिम रावलले ताजा जनदेशका लागि नेपाली कम्युनिष्ट पार्टीले तयार रहेको र सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सभामा नेताहरू गिरिराजमणि पोखरेल, प्रकाश बहादुर शाह लगायतले सुदृढ, एकताबद्ध, बलियो भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीका नेता भानुभक्त जोशीको अध्यक्षतामा भएको एकता सन्देश सभामा नवगठित नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

धनगढीबाट शुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सात वटै प्रदेशमा आयोजना गरिने बताइएको छ ।

  himalayanvoice.com | १३ मंसिर २०८२, शुक्रबार ११:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online