ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

२ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याउने काँग्रेसको निर्णय महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले आगामी पुस १४ गतेभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले २ दिन भित्र २ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको छ ।

बैठकले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुरानो सदस्यता नवीकरणका आधारमा शतप्रतिशत नयाँ सदस्य थप्ने गरी सदस्यता फारम पठाउन लागेको हो ।

यस्तै बैठकले नयाँ सदस्यता थप गर्दा जनसङ्ख्या र क्षेत्रगत सहभागितालाई आधार बनाउने र नयाँ सदस्यता वितरणबारे छलफल गर्न पर्सी शुक्रबार सबै भातृ सङ्गठनका पदाधिकारीहरूको संयुक्त बैठक बोलाउने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।

बैठकले समितिका सदस्यहरू स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरीले बिहीबार सबै जिल्ला तथा प्रदेश समितिका पदाधिकारीहरूसँग छलफल गरी प्रदेशमा क्रियाशील सदस्यताको अवस्था तथा जेनजी आन्दोलनको क्रममा जिल्ला तथा प्रदेश कार्यालयहरूमा पुगेको क्षतिबारे जानकारी लिई आवश्यक सहजिकरण गर्ने पनि निर्णय गरेको छ ।

महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले आगामी पुस १४ गतेभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

  himalayanvoice.com | १८ मंसिर २०८२, बुधबार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online