ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

२ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याउने काँग्रेसको निर्णय महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले आगामी पुस १४ गतेभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले २ दिन भित्र २ दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्‍याइसक्ने निर्णय गरेको छ ।

बैठकले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुरानो सदस्यता नवीकरणका आधारमा शतप्रतिशत नयाँ सदस्य थप्ने गरी सदस्यता फारम पठाउन लागेको हो ।

यस्तै बैठकले नयाँ सदस्यता थप गर्दा जनसङ्ख्या र क्षेत्रगत सहभागितालाई आधार बनाउने र नयाँ सदस्यता वितरणबारे छलफल गर्न पर्सी शुक्रबार सबै भातृ सङ्गठनका पदाधिकारीहरूको संयुक्त बैठक बोलाउने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।

बैठकले समितिका सदस्यहरू स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरीले बिहीबार सबै जिल्ला तथा प्रदेश समितिका पदाधिकारीहरूसँग छलफल गरी प्रदेशमा क्रियाशील सदस्यताको अवस्था तथा जेनजी आन्दोलनको क्रममा जिल्ला तथा प्रदेश कार्यालयहरूमा पुगेको क्षतिबारे जानकारी लिई आवश्यक सहजिकरण गर्ने पनि निर्णय गरेको छ ।

महाधिवेशनको तयारीमा जुटेको नेपाली काँग्रेसले आगामी पुस १४ गतेभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ ।

  himalayanvoice.com | १८ मंसिर २०८२, बुधबार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online