ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान यसै बीच प्रदेश प्रमुखले आजै संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोज कुमार यादवले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश सभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) अनुसार राजीनामा दिने घोषणा प्रदेशसभामा गर्नुहुँदै प्रदेश प्रमुख समक्ष राजीनामा गरेको केही मिनटमा नै प्रदेश प्रमुखले राजीनामा स्वीकृत गर्नुभएको हो ।

मुख्यमन्त्री पदबाट सरोज कुमार यादवले दिनुभएको राजीनामा प्रदेश प्रमुख कर्णले स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले सूचना प्रकाशित गरेर जानकारी दिनुभएको हो ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई काम चलाउ प्रदेशको मन्त्रिपरिषद्को रुपमा कार्यभार सञ्चालन गर्नका लागि तोक्नु भएको निमित्त सचिव यादवले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख कर्णले सर्वोच्च अदालतको परमादेश अनुसार नै नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने अवस्था रहेको छ ।

यसै बीच प्रदेश प्रमुखले आजै संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको छ ।

  himalayanvoice.com | १८ मंसिर २०८२, बुधबार १२:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online