ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

काँग्रेस र लोसपाले मुख्यमन्त्री पदको दाबी नछोडेपछि सहमतिमा सकस प्रदेशमा राजनीतिक स्थिरता चाहेकाले आजको बैठकमा सहमति जुट्न नसके पनि गठबन्धनको भवना अनुसार नै सहमति हुने प्रमुख सचेक यादवले बताउनुभयो । 

जनकपुरधाम । मधेस प्रदेशका दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् ।

मुख्यमन्त्रीको विषमयमा सहमति जुटाउनका लागि प्रदेशका सात दलको आज जनकपुरमा बसेको बैठक बिना कुनै निर्णय टुङ्गिएको छ ।

मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दाबी नछाडेपछि सहमति हुन नसके पनि चाडै सहमति हुने जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो ।

प्रदेशमा राजनीतिक स्थिरता चाहेकाले आजको बैठकमा सहमति जुट्न नसके पनि गठबन्धनको भवना अनुसार नै सहमति हुने प्रमुख सचेक यादवले बताउनुभयो ।

बैठकमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता थियो ।

यसअघि मधेस प्रदेशका प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ (२) बमोजिम भोलि ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न हिजो आह्वान गर्नु भएको थियो ।

  himalayanvoice.com | १९ मंसिर २०८२, बिहीबार १२:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online