ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

काँग्रेस र लोसपाले मुख्यमन्त्री पदको दाबी नछोडेपछि सहमतिमा सकस प्रदेशमा राजनीतिक स्थिरता चाहेकाले आजको बैठकमा सहमति जुट्न नसके पनि गठबन्धनको भवना अनुसार नै सहमति हुने प्रमुख सचेक यादवले बताउनुभयो । 

जनकपुरधाम । मधेस प्रदेशका दलहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् ।

मुख्यमन्त्रीको विषमयमा सहमति जुटाउनका लागि प्रदेशका सात दलको आज जनकपुरमा बसेको बैठक बिना कुनै निर्णय टुङ्गिएको छ ।

मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दाबी नछाडेपछि सहमति हुन नसके पनि चाडै सहमति हुने जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो ।

प्रदेशमा राजनीतिक स्थिरता चाहेकाले आजको बैठकमा सहमति जुट्न नसके पनि गठबन्धनको भवना अनुसार नै सहमति हुने प्रमुख सचेक यादवले बताउनुभयो ।

बैठकमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता थियो ।

यसअघि मधेस प्रदेशका प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ (२) बमोजिम भोलि ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न हिजो आह्वान गर्नु भएको थियो ।

  himalayanvoice.com | १९ मंसिर २०८२, बिहीबार १२:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online