ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

एमालेको परिमार्जित निर्वाचन तालिका : मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । 

एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्रकाशन गरेको परिवर्तित निर्वाचन कार्यक्रम अनुसार मतदानको समय पुस १ गते मङ्गलबार मध्यान्ह १२ देखि ६ बजेसम्म सरेको छ ।

यसअघि सोमबार साँझ ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा परिवर्तित निर्वाचन कार्यतालिका अनुसार यो समय राति ८:३० बजे सरेको छ ।

उहाँकाअनुसार भोलि मतगणना पश्चात् निर्वाचन परिणाम घोषणा गरिने छ । त्यसपछि निर्वाचन समितिले तोके अनुसार प्रमाण–पत्र प्रदान र नतिजा प्रकाशनपछि शपथ ग्रहणको कार्यतालिका रहेको छ ।

एमालेको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिनुभएको छ ।

  himalayanvoice.com | ३० मंसिर २०८२, सोमबार ११:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online