ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

गैर आवासिय नेपालीहरुद्वारा पोल्यान्डमा राजदूतावास स्थापना गर्न माग

वार्स। युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्दै आएका नेपाली समुदायले त्यहाँ नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समिति पोल्यान्डले जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारसमक्ष औपचारिक रूपमा उक्त माग प्रस्तुत गरेको हो ।

पोल्यान्डको भ्रोस्वाव सहरमा जनवरी २ गतेदेखि सञ्चालन गरिएको राहदानी घुम्ती शिविरको अन्तिम दिन शिविर समन्वयकर्ता एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समितिले आज ज्ञापनपत्र बुझाएको हो ।

एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समिति पोल्यान्डका अध्यक्ष दिपेन्द्र अधिकारी तथा सचिव स्मृति खड्काले जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाललाई पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापनपत्रमा करिब २० हजार नेपाली बसोबास गर्दै आएको पोल्यान्डमा राहदानी नवीकरण, कागजी प्रमाणीकरणलगायतका कन्सुलर सेवाहरू सहज र नियमित रूपमा उपलब्ध गराउन स्थायी नेपाली राजदूतावास स्थापना अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत फुयालले पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न गरिएको मागसम्बन्धी ज्ञापनपत्र नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

हाल पोल्यान्डमा नेपाली राजदूतावास नहुँदा कागजी प्रमाणीकरण, परिवार पुनर्मिलनलगायतका सामान्य प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोल्यान्ड दूतावास धाउनुपर्ने बाध्यता रहेको छ । त्यसैगरी राहदानी तथा अन्य कन्सुलर सेवाका लागि पोल्यान्डस्थित नेपालीहरूलाई बर्लिनस्थित नेपाली राजदूतावास पुग्नुपर्ने वा घुम्ती शिविरको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

जर्मनीस्थित नेपाली राजदूतावासले हाल जर्मनीसहित करिब १० मुलुकमा कन्सुलर सेवा प्रदान गर्दै आएको छ ।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार १४:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online